बाँसगढी उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न



रावन बिश्वकर्मा बाँसगढी,६ जेठ/ बाँसगढी उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न भएको छ । संघको मासिक बैठक बस्ने निर्णयअनुसार निर्वाचनपछि गत वैशाख २९ गते बैठक बसेपनि कुनै निर्णय भएको थिएन । शनिबार बसेको मासिक बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।

बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिंह थारुको अध्यक्षतामा बसको बैंठकले बाँसगढी क्षेत्रका व्यापारीहरुको लागि कर सम्बन्धी अभिमुखीकरण तालिमको लागि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा माग गर्ने, बाँसगढी नगरपालिकाको सार्वजनिक जग्गा मध्ये बाँसगढी उद्योग वाणिज्य संघको सभाहल सहितिको निजी भवन निर्माणको लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पुरानो कार्यसमितिले महोत्सवको कर फच्र्यौट नगरेकाले कोषाध्यक्ष सुरेन्द्र बहादुर कुवरको संयोजकत्वमा ३ सदस्यीय कर फच्र्यौट समिति समेत गठन गरेको छ । जसको सदस्यमा सहकोषाध्यक्ष भोजराज शर्मा र सदस्य प्रकाश बराल रहेका छन् ।

बैठकमा पुरानो कार्यसमितिका कोषाध्यक्ष नारायण पौैडेलले नयाँ कार्यसमितिलाई कार्यालयमा रहेको स्टेस्नरी तथा जिन्सी सामानहरु हस्तान्तरण गरेका थिए ।

बाँसगढी उद्योग वाणिज्य संघको प्रत्येक महिनाको पहिलो शनिबार नियमिति रुपमा बैठक बस्ने निर्णय गरिएको अध्यक्ष रामसिह थारुले जानकारी दिए । बैठकमा सबै कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ६ गते आइतबार