काठमाडौं, २८ वैशाख / बाँके प्रतिनिधि सभा क्षेत्र १ का मा.सासद महेश्वर गहतराज(अथक)ले बैशाख २७ गते संघिय संसदको समय माग गरेर सम्वोधन गर्नुभएकोछ ।
उहाँले संघिय संसदको विशेष समयमा वोल्दै जनताको विकाश निर्माण विषयमा संघिय संसदको ध्यानाकर्षण गराउँनु भएको थियो । उहाँको सम्वोधनमा निम्न विषय समेट्नु भएको थियो ।
1. बाके जिल्लाको नरैनापुर गा.पा.अन्तरगत लक्ष्मणपुरमा भारतीय पक्षले अकलौटी रुपमा निर्माण गरेको बाधले नेपालको भुभाग पुरै डुबान हुने गरेको छ यसको निकासका लागि सरकार सङ जोडदार माग गर्नु भयको छ ।
2. मध्य र सुदुरपस्चिमको प्रवेश द्वार को रुपमा रहेको नेपालगन्ज राझा बिमानस्थलको स्तर उन्नति गरि अन्तर्राष्ट्रिय बिमानस्थल बनाइनु पर्ने ।
3. बाके जिल्लाको राप्ती नदि डुदुवा खोला र मानखोलालाई नेपाल सरकारले छुट्टै आयोजना बनाएर यस्को दीर्घकालीन रुपमा सावधानी अपनाउनु पर्ने ।
4. नेपालगन्ज देखि हुम्लाको हिल्सा हुँदै चिनसम्नको अन्तर्राष्ट्रिय सडक निर्माण गर्नु पर्ने ।
5. कोहलपुर चप्परगौडि देखि सल्यान सम्मको अन्तर प्रदेसिय सडक निर्माण गर्नुपर्ने ।
6. नेपालगन्ज उपमहानगर पालिका वाड न.18 बहुउद्देश्यीय प्रदसनि हल निर्माण गर्नुपर्ने ।
7. कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रीकेट मैदानको स्तर उन्नति गर्नुपर्ने ।
8. बिस्वको दुर्लभ बन्य जन्तु पाटेबाघ र चौकालाई संरक्षण गरि बाके रास्टिय निकुञ्ज लाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने
अहिलेको समसामयिक राजनीतिक विषय र बिकास निर्माणका बारेमा बोल्नु भयको छर अहिलेको बिकास निर्माणको पद्धति छ जसरी सडकले बाटो पिज गराउछ अनि पानी को पाइप बिछ्याउन फेरि सडक खनेर हिलाम्मे र धुलाम्मे बनाउने अनि तेसको काम सकियो फेवरि केबलको तार बिछ्याउन लाई सडक खन्ने गरिन्छ । यसलाइ यहि आर्थिक बर्ष 2075 /076 बाट एकीकृत बिकास योजना बनायर लागू गर्नु पर्ने जोडदार माग गर्नु भयको छ ।









प्रतिक्रिया दिनुहोस्