सल्यान,२७ वैशाख/ बन्गाड कुपिण्डे नगरपालिकाको दुर्गम वडा मानिएको निगाल्चुला सडक सञ्जालले जोडिएको छ । साविक कुपिण्डे गाविसको हाल वडा नम्बर ८ को ३६ लाख बजेटबाट सडक निर्माण कार्य सम्पन्न भएपछि निगाल्चुला सडक सञ्जालसँग जाडिएको हो ।
शिक्षा, स्वास्थ्य, सडक र खानेपानीको चर्म अभाव झेलिरहेको उक्त क्षेत्रमा सदरमुकाम खलांगादेखि सडकले पहिलै जोडिए पनि स्तर उन्नतीको अभावले सधै त्यहाँका नागरिक पैदल हिड्न वाध्य थिए । कच्ची भएपनि नगरको सदरमुकामसँग जानको लागि ट्रयाक खोलिएपछि झनै सजिलो भएको वडा अध्यक्ष गोविन्द डि.सी.ले बताए ।
निगाल्चुलामा आव २०७४÷०७५ को विनियोजित बजेटबाट दुरमखोला मोटरबाट, सोही वडासँग जोडिने भदेले मोटर बाटो, माझर्खकदेखि खानीगाउँ सडक निर्माण, सालचौर देखि पुछाला सडक र विद्यालय तथा खानेपानीमा विनियोजित बजेटको ९५ प्रतिशत काम सम्पन्न भएको छ । निगाल्चुला चौरगाउँदेखि माझकाँडा हुँदै ढोरपिपल जोड्ने मुख्य मोटर बाटोको काम भने धमाधम अघि बढेको छ ।
निगाल्चुला वडा नं.१२ को विनियोजित बजेटको सम्पन्न भएका कामको उपमेयर मञ्जु यरी नेतृत्वमा नगरपालिकाको टोलीले अनुगमन गरेको छ ।
खानेपानी, सडक, शिक्षा र कृषिलाई बढि महत्व दिएको वडामा सबै निर्माणाधिन कामको अनुगमन सम्पन्न भएको छ । विकट तथा पिछडिएको तर प्राकृतिक स्रोत साधानले सम्पन्न वडा भएकोले निगाल्चुलाई अन्य क्षेत्रका भन्दा विशेष महत्वले हेरिदिन वडा अध्यक्ष डि.सी.को भनाइ रहेको छ ।
साथै विभिन्न खाले जडिवुटी र टिमुरको प्रख्यात क्षेत्र भएकोले यसतर्फ राज्यले केहि सोचिदिन त्यहाँका स्थानीयको माग रहेको छ ।









प्रतिक्रिया दिनुहोस्