चुकेनालामा पक्की पुल निमार्ण हुदै



कविन्द्र परियार,कोहलपुर २२ वैशाख/बाँकेको राप्ती सोनारी गाउँपालिका— ९ उद्दैन स्थित चुकेनालामा पक्की पुल निमार्णको काम सुरु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ९ को ३५ लाखको लागतमा पुल निमार्ण भइरहेको वडा नं ९ का वडा अध्यक्ष महाविर वलीले बताए ।

१२ मिटर लम्बाई तथा ४ मिटर चौडाई सहितको सो पुलमा ढुङ्गाको पर्खाल सहित ३ वटा पिलर निमार्णको काम सम्पन्न भईसकेको र अब ढलान गर्न मात्र बाँकी रहेको अध्यक्ष वलीले बताए । सो स्थानमा साविकको महादेवपुरी गा.वि.स तथा जिल्ला समन्वय समितिले ४ पटक सम्म लाखौ रकम खर्च गरेर कल्र्भट तथा तटबन्ध निमार्ण गरेपनि चुकेनालाले वषर्नीै बगाईदिए पछि पनि सबै लगानी बालुवामा पानी जस्तै भएको थियो ।

पहिलकोे सबै लगानी खेर गएका कारण यस पटक निकै संवेदनशिल भएर स्टेमेट अनुसार फुल निमार्ण काम भईरको पुल निमार्ण समितिका सचिव शुक्रराज के.स िबताए । हामीले पटक पटक इन्जिनियर संग सल्लाह लिएर काम गरिरहेका र्छौ । केही मजबुत हुने विश्वास छ के.सीले भने । स्थानीबासी तथा शिक्षक सागर दत्त गौतमले पहिलेको तुलनामा पक्की पुल निमार्ण भएका कारण विद्यार्थी तथा सर्वसाधारलाई सहज हुने बताए ।

सो क्षेत्रमा पुल नहुदाँ वर्षा मौसममा विद्यार्थीहरुले निकै सास्ती खेप्नु परेको थियो । सो नालामा पुल निमार्ण भएपछि खैरेनी गुरुवागाउँ उद्दैनका बासिन्दालाई आवागमनमा सहयोग पुग्ने बताइएको छ ।

यता पुल अनुगमन समिति संयोजक भिम बहादुर के.सीले पुल निमार्ण कार्य सन्तोष जनक नभएको भन्दै पदबाट राजीनामा दिएका छन । सो क्षेत्रमा चुकेनालको निरन्तर कटानका कारण करिव १४ विगाह जमिन समेत नष्ट भईसकेको पीडित किसानको भनाई छ । आर्थिक वर्ष २०७२÷०७३ मा नाला नियनत्रणका लागि साविकको जिल्ला विकास समितिबाट आएको १० लाख रकम स्थानीबासीको विवादका कारण फ्रिज भएर गएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २२ गते शनिबार