नेपालगन्ज/ भेरी अञ्चल यातायात व्यवसायी संघका कार्यबहाक अध्यक्ष शोभाखर पौडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नेपालगन्जबाट केहीबेर अगाडि नेपालगन्जबाट उनीलाई पक्राउ गरेको हो ।

उनीसहित बाँकेमा पक्राउ पर्नेको सख्ङ्या ७ पुगिसकेको छ । बाँकेको सबैभन्दा बढी सिन्डिकेट चलाउने समितीको रुपमा भेरी अञ्चल यातायात व्यवसायी संघलाई चिनिन्छ ।
यसअघि सनराइज यातायात समिती नेपालगन्जका उपाध्यक्ष प्रविन बिसी, महासचिव रमेश शाह, कर्मचारीद्वय नवराज शर्मा र होमबहादुर खड्का तथा सार्वजनिक भेरी यातायात समितीका सचिव रमेश बहादुर खत्री र कर्मचारी दीपक बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएपछि बाँके प्रशासन पनी यातायात साधन नचलाउने व्यवसायी विरुद्व आक्रमक रुपमा प्रस्तुत भएको हो । माथिल्लो स्तरबाट निर्देशन आएलगत्तै प्रहरीले जिल्लामा रहेका संघ र समितीका कार्यालय तथा तिनका पदाधिकारीका घरमा छापा मारेको थियो ।
प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्