पानी तान्ने मोटर बिगारेको आरोपमा बालिकालाई गोबर कोच्याइयो



कोहलपुर,१३ चैत/  पानी तान्ने मोटर विगारेको भन्दै बाँककेको कोहलपुरमा एक अवोध बोलिकाको मुखमा भैसीको गोबर कोच्याइएको छ ।

कोहलपुर नगरपालिका–३ मदनचोक की ६ वर्षिया अवोध बालिकाको मुखमा सोही ठाउँकी स्थानीय ५० बर्षिया गिता परियार भैसीको गोबर कोच्याएकी हुन् ।

बालिका खेल्दै गरेको अवस्थामा हिजो साँझ परियारले आफ्नो घरमा रहेको पानी तान्ने मोटर बिगारि दिएको भन्दै भैसीको गोवर कोच्याएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बालिकालाई गोबर कोच्याएको अभियोगमा परियारलाई पक्राउ गरी अनुसंधान अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार