आग्लागी हुँदा चार घरगोठ जलेर नष्ट



कोहलपुर,१३ चैत/   बाँके डुडुवा गाउँपालिका–१ सन्तलियामा सोमबार भएको आगलागीमा परी चार वटा घरगोठ जलेर नष्ट भएका छन् ।

सोमबार दिउँसो २ः३० बजे एक्कासी आगलागी हुँदा सो घरगोठ जलेर नष्ट भएका छन् भने चार वटा पशु जनावर पनि मरेको स्थानीय प्रत्यक्षदर्शी हीरालाल मौर्यले बताए ।

स्थानीय मुनी अहमद शेषको घरबाट सल्केको आगोबाट निसार अहमद खा लगायतको घर जलेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए । उनका अनुसार आगलागीबाट करिब रु साढे चार लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीले शेषको एक पाडा र तीन वटा बाख्रा मरेका छन् । स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार