कविन्द्र परियार : कोहलपुर,१३ चैत/ कोहलपुर नगरविकास समितिले नगरभित्र रहेका पुराना ढल निकासका ‘डे«न’हरूलाई ढलान र आरसिसी सहितको नयाँ डिजाइनमा पुनर्निर्माण सुरु गरेको छ ।
पुराना डिजाइन ठीक नभएर डे«नहरू भत्किएको हुँदा नयाँ डिजाइनका साथ डे«न निर्माण थालिएको कोहलपुर नगरविकास समिति अध्यक्ष अवराज खड्काले बताए । पहिलो चरणमा नगरभित्रकोे मुख्य डे«नको रुपमा रहेको डुडुवानालाको ड्रेन पुनर्निमार्ण सुरु गरिएको छ ।
करिब १ करोड ३३ लाखको लागतमा निर्माण गर्न लागिएको २ सय ५० मिटरको सो डे«नको ठेक्कामार्फत् काम समेत सुरु भइसकेको छ । पिएस निर्माण सेवाले डे«न निर्माणको जिम्मा पाएको छ ।
कोहलपुर नगरभित्रका ढल निकासका नाली तथा डे«नहरु निर्माण गरिएदेखि नै मर्मत तथा सफाइ नगरिएकाले नगरभित्रका कतिपय स्थानहरु डुब्ने गरेका छन् ।
यस आर्थिक वर्षमा नाली सफाइ र व्यवस्थापनका लागि ६० लाख विनियोजन गरिएको र पहिलो चरणमा बसपार्क क्षेत्रमा काम सकिएको नगरविकास समितिले जनाएको छ ।
नाली सफाइका लागि भुक्तानी समस्या भएका कारण बैठक बसेर निर्णय गरी काम सुरु गरिने समितिको भनाइ छ । यस्तै समितिले कोहलपुर नगरपालिकाको पुरानो कार्यालय रहेको स्थानदेखि उत्तर तथा दक्षिण तर्फकोे र नगरविकास समिति अगाडिको सडकलाई नाली निर्माणसहित कालोपत्रे गर्न सुरु गरेको छ ।
राष्ट्र बैंकसँगै विवादमा आएको शिव मन्दिर निर्माणका लागि १९ लाख विनियोजन गरिएको र सम्झौता भई कामसमेत सुरु भएको अध्यक्ष खड्का बताउँछन् । नगरविकास समितिले छोटो दूरीको बसपार्कको कालोपत्रे गर्ने भनी टेण्डर खोलिएकोमा तीनवटा टेण्डर परेको थियो ।
ती तीनवटैको कागजात ‘फेल’ भएका कारण टेण्डर रद्द गरिएको छ । नगरविकास समितिको बैठक बसेर पुनःटेण्डर आह्वान गरिने नगरविकास समितिले जनाएको
छ ।









प्रतिक्रिया दिनुहोस्