कोहलपुर,१२ चैत/ प्रमुख दलका नेताहरुले प्रदेश ५ को राजधानी बुटवलबाट नसर्ने दाबी गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले शनिबार प्रदेशको स्थायी राजधानी दाङ बनाउने बताएको भन्दै बुटवलमा बहस सुरु भएको छ ।
तर, प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्रसँगै कांग्रेसका नेताहरुले राजधानी बुटवल नै हुने बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जो कोही जहाँ बोलेपनि प्रदेश राजधानी बुटवलबाट नसर्ने बताए ।
माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले राजधानी सार्ने कुनै योजना नरहेको बताए । उनले अघि भने, ‘सदनमा दुई तिहाई बहुमत विना अहिलेको राजधानी कसैले सार्न सक्दैन नभए अहिलेका माननीयलाई जनता बनाउनुपर्छ ।
कार्यक्रममा एमाले नेता नजिर मियाले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरे । उनले विकास र समृद्धिका लागि सबै दल मिल्नुको जिकल्प नभएको
बताए । नयाँ शक्ति पार्टीका नेता छन्द पन्थीले शक्तिको भरमा वामपन्थीले पेल्न खोजेको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्