मोटरसाईकलको स्वरुप परिवर्तन गर्ने प्रहरी नियन्त्रणमा



नेपालगन्ज,१० चैत/  नेपालगन्जमा मोटरसाईकल मोडिफाई गरी स्वरुप विगार्दै ध्वनी प्रदुषण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाईकल र मोडिफाई गर्ने व्यक्ति नियन्त्रयामा लिएर अनुसंधान सुरु गरेको छ ।

प्रहरीकोे सडक सुरक्षा जाँच टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ बेलासपुरमा चेकजाँच गर्ने क्रममा मोटरसाईकललाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको मोटरसाईकलको नम्बर प्लेट, हेडलाईट, साईलेन्सर काटेको र मोटरसाईकलको पछाडिको भाग समेत स्वरुप (मोडिफाई) परिवर्तन समांजमा ध्वनि प्रदुषण फैलाउने काम गरेको हुदा नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल चालकको सवारी अनुमति पत्र, बिलबुक समेत साथमा नहुदा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै उक्त मोटरसाईकल मोडीफाई गर्ने मिस्त्रीलाई समेत पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरी आवश्यक कारवाही बढाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । मोटरसाईकल चालक र मिस्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १० गते शनिबार