कोहलपुर,१०चैत/ सानैदेखि विज्ञान प्रविधिमा असाध्यै चासो राख्ने कोहलपुरका सागर लामिछाने पछिल्ला पुस्ताका विद्यार्थीहरुका लागि नयाँ नाम होइन ।
कोहलपुर संस्थागत विद्यालयको संगठन क्रिसा लगायत विभिन्न संस्थाको आयोजनामा हुने विज्ञान प्रविधि कार्यक्रममा उनको रुचि सानै देखिको हो । उच्च शिक्षाको लागि काठमाण्डौँ पुगेर त्यहाँ गोल्डेनगेट कलेजको रोबोटिक क्लबको अध्यक्ष समेत भए ।
प्लस टु पढ्दाताका फोहोरबाट बिजुली निकाल्ने गार्वेज पावर प्लान्टको नमूना प्रदर्शन गरेर तात्कालीन सरकार प्रमुख खिलराज रेग्मीको हातबाट सम्मान समेत पाएका थिए ।
काठमाडौँ इन्जिनियरिंग कलेजबाट इलेक्टोनिक्स् तथा कम्युनिकेसनमा इन्जिनियरिंग सकिनै लाग्दा उनले टेलिभिजन कार्यक्रम आइडिया अस्त्र प्रसारण गराउँदै छन् ।
करिब दुई दर्जनको टिममा विवेक पौडेल मेघा श्रेष्ठ, अरुण लामिछाने, कृपेन्द्र हुमागाई, प्रशन्न अधिकारी आदिले सघाइरहेका छन् । नेपाल टेलिभिजनबाट यही चैत्र १० गते देखि हरेक साँझ ५ः३० बजे प्रसारण हुने कार्यक्रमको यतिबेला सर्वत्र चर्चा भैरहेको छ ।
बालबालिकाहरुको लागि प्रभावकारी कार्यक्रम नभैरहेको बेला बाहिरी कार्यक्रमलाई नेपाली आवाजमा डबिंग गराएर प्रसारण गरिरहेको बेला आइडिया अस्त्रले यो रिक्ततालाई केही हदसम्म भएपनि पुर्ने सागर बताउँछन ।
उनका अनुसार लामो परिकल्पना र अध्यन पछि आएको यो कार्यक्रमले स्कुले विद्यार्थीदेखि शैक्षिक क्षेत्रका धेरैको चासो लाई समेट्ने कोशिस गरेको छ । कार्यक्रममा बिज्ञान कला अविष्कार र खेलको माध्यमबाट बिद्यार्थीलाई नयाँ नयाँ आइडिया सिकाइने छ ।
हाम्रै वरपर फालिएका काठ दाउर दप्ती पराल आदिबाट नयाँ सामानहरु बनाउन सिकाउने, सामान्य बस्तुबाटै विद्यार्थीले खेलेर नयाँ कुरा सिक्न सकिने कुरा आइडियामा प्रस्तुत हुनेछ ।
यसका अतिरिक्त कुनैपनि विधामा जिनियस देखिएका विद्यार्थीहरुलाई उसको प्रतिभा सहित कार्यक्रममा उपस्थित गराईने छ । राजधानीमा मात्रै देशैभरि र बिदेशमा समेत सामाजिक सञ्जालमार्फत कार्यक्रम प्रसारणको बारेमा चासो देखाइएको छ ।
कोहलपुरका केही विद्यालय र ठूला होटेलहरुले कार्यक्रमको टिमलाई हौसला दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्