भवन निर्माणमा सहयोग गर्ने अमेरिकी नागरिकको विदाई



रावन बिश्वकर्मा : बर्दिया,६ चैत/  शान्ति समाज प्राथमिक विद्यालय बेलवा शान्तिपुरमा भवन निर्माण शिलान्यास कार्यक्रममा आएका अमेरिकन नागरिकहरुले ३ दिन सम्म काम गरेर फर्किएका छन् ।

विल्ड अन नेपाल र बाँसगढी नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको ३ कोठे भवनको चैत्र २ गते शिलान्यास गरिएको थियो । हावर्ड, क्याथलिन, थोमस, लगायतका एक दर्जन विल्ड अन नेपालका टोलीले भवन निर्माणको लागि जग खन्नेदेखि जंगमा ढुंङ्गा बिछ्याउने सम्मको काम आफैले गरेका थिए ।

अमेरिकन नागरिकको टोलीले भवन निर्माणको काम उत्साहका साथ गरेको देखेर स्थानीय बासी चकित परेका छन् । भवन निर्माणमा लाग्ने सरिया, सिमेन्ट, ईट्टा, प्राविधिक खर्चको जिम्मेवारी विल्ड अन नेपालले लिने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर केसीले बताए ।

लाखौँको लागतमा भुकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि बाँसगढी नगरपालिबाट ४ लाख सहयोग र अन्य बाँकी जनश्रमदानमा भवन निर्माण गरिने केसीले बताए । विल्ड अन नेपालका टिमलाई सोमबार भव्य रुपमा स्वागत सम्मानका साथ विदाई गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ६ गते मंगलबार