कोहलपुर उद्योग वाणिजय संघको बहुआयामिक भवनको शिलान्यास



कोहलपुर,२८ फागुन/   कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवनको शिलन्यास गरिएको छ । कोहलपुर नगर सरकार प्रमुख लुट बहादुर रावतले आईतबार संघको बहुआयामिक भवनको शिलन्यास गरेका हुन् ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा गत माघ २६ गते देखि फागुन ८ गते सम्म सञ्चालन भएको कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४ बाट संकलन भएको रकमले कोहलपुर उद्योग वाणिज्य संघको आधुनिक भवन बनाउने लक्ष्य अनुरुप भवनको शिलान्यास गरिएको बताईएको छ ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर सरकारका प्रमुख लुट बहादुर रावतले कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माण गर्दा आवश्यक सहयोग गर्न स्थानिय सरकार तयार रहेको बताएका छन् । कोहलपुरको पहिचानका रुपमा रहेको संघको भवनलाई व्यवस्थित र उपयोगि बनाउनका लागि उनले अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले महोत्सवपछि संकलन हुने आर्थिक स्रोतले कोहलपुर उद्योग वाणिज्य संघको आधुनिक भवन बनाउने प्रमुख लक्ष्य पुरा गर्नका लागि भवनको शिलन्यास गरिएको बताए् । साथै उनले महोत्सव सम्पन्न गराउनका लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याएकोमा सबैलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन ३ करोड ६२ लाख २९ हजार रुपैयाँमा साढे तीन तले भवन निर्माण हुने भएको छ । भवनमा तीन सय जना अट्ने सभा हल, पहिलो तल्लामा संघको कार्यालय, दोस्रो तल्लामा कोहलपुरमा रहेका वस्तुगत संघका कार्यालयहरु र तेस्रो तल्लामा अतिथि गृह रहने बताईएको छ ।

साथै भवनको निर्माण कार्य भने अगामी बैशाखमा टेण्डर आह्वान गरिने संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका बताए् । भवनको नक्सा पासको प्रक्रियामा रहेकाले सो नक्सा पास भए पछि निर्माण कार्यलाई जोड दिईने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार