कोहलपुर,२४ फागुन/ बाँकेको नेपालगञ्ज सीमा क्षेत्रसम्म सञ्चालनमा रहेको रेल सेवालाई कोहलपुरसम्म विस्तार गर्ने विषयमा नेपाल–भारतका अधिकारीहरुबीच छलफल भएको छ ।
कोहलपुरसम्म रेल सेवा विस्तारका बारेमा मंग
लबार नेपाल–भारत रेलवे विभागका उच्च अधिकारीहरुबीच गोप्य छलफल भएको बताइएको छ । यसअघि पनि यस विषयमा दुई मुलुकका उच्च अधिकारीबीच अनौपचारिक हुँदै आएको थियो ।
पछिल्लो पटक नेपाल सरकारको सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकशन सर्भे टोली’ गठन गरी छलफल अघि बढाएको थियो । २०७४ साल साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको थियो ।
त्यही निर्णयलाई टेकेर नेपाल–भारत रेल विभागका अधिकारीबीच मंगरबार छलफल भएको बताइएको छ । सो छलफल बोर सञ्चार माध्यमलाई भने कुनै जानकारी गराइएको छैन ।
भारतीय रेल विभागका प्रमुख सिनियर इन्जिनियर बीके सिंह नेतृत्वको ४ सदस्यीय टोलीले छलफलमा सहभागिता जनाएको थियो । त्यस्तै नेपालका तर्फबाट सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्याय सहभागी रहेको बताइएको छ । छलफल नेपालगञ्जकोे सिद्धार्थ होटलमा भएको हो ।
छलफलमा भारतीय अधिकारीहरुले रुपैडिहासम्म सञ्चालन हुँदै आएको रेल सेवालाई राँझा विमानस्थल हुँदै कोहलपुरसम्म विस्तार गर्ने प्रस्ताव गरेका छन् । नेपाली टोलीले भने नेपाल–भारत सीमामा निर्माण भइरेहको सुख्खा बन्दरगाहसम्म रेलवे सेवा विस्तार गर्न सकिने जनाएको छ ।
-Kantipurnews.com









प्रतिक्रिया दिनुहोस्