राष्ट्रियसभाका सांसदहरुले लिए जेष्ठ सदस्य तारादेवी भट्टबाट सपथ



काठमाण्डाैं, २० फागुन/ राष्ट्रियसभाका सांसदहरुले आईतबार अपरान्ह पद तथा गोपनियताको सपथ लिएका छन ।

संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । त्यस अघि संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसदहरुलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रिय सभामा ५९ जना सांसदहरु रहेका छन । तर सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नु भएका राष्ट्रिय सभामा मनोनित ३ जना सांसदहरुलाई तत्काल पद तथा गोपनियताको सपथ नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारेपछि आईतबार ५६ जना सांसदहरुले मात्रै पद तथा गोपनियताको सपथ लिनु भयो ।

सपथग्रहण समारोह सकिएलगत्तै संघीय संसद सचिवालयले सांसदहरुको सम्मानमा जलपान कार्यक्रम समेत आयोजना गरेको छ

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २० गते आइतबार