नेजालगञ्ज,१७ फागुन/ गाउँका मुद्दा गाउँमै समाधान गर्ने भएपछि सामुदायिक मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । गाउँस्तरमा भएका मुद्दाहरुलाई सहजैरुपमा समाधान गरी विवादका विषयलाई गाउँमै समाधान गर्न यो कार्यक्रम सफल भएको हो ।
गाउँमा सामुदायिक मेलमिलाप कार्यक्रम सुरु भएपछि धेरैजसो विवाद स्थानीयस्तरमा नै सुल्झिन थालेको छ । सामुदायिक मेलमिलाप कार्यक्रम लागु भएपछि स्थानीय तहका विवाद स्थानीय तहमै समाधान भएका छन् ।
बाँकेको साविकका खजुरा, टिटिहिरिया, बनकटवा, महादेवपुरी , डुडुवा र नरैनापुर लगायतका गाविसमा सञ्चालित सामाजिक मेलमिलाप कार्यक्रम प्रभावकारी देखिएको हो ।
वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक)ले सञ्चालन गरेको मेलमिलाप कार्यक्रम प्रभावकारी रहेको सरोकारवालले बताएका छन् । गाउँमा नै विवादित पक्षहरुबीच मेलमिलाप हुँदा विवादले मुद्दाको रुप लिन नपाउने खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया वकले बताइन ।
यसले न्यायिक क्षेत्रमा मुद्दाको चापसमेत घटाएको र मेलमिलापले भविष्यमा पनि मनमुटाव नहुने वातावरण बन्ने समेत उनको भनाई छ । उपाध्यक्ष विकले अदालतमा नै आएको विवाद मिल्ने सम्भावना कम हुने तर गाउँमै सहजरुपमै मिल्न गरेको बताइन ।
गाउँमा नै विवाद मिलाउनका लागि गाविसस्तरमा र वडैपिच्छे मेलमिलापकर्ता तयार गरी कार्यक्रमलाई स्थायित्व दिनुपर्ने उनको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्