आपसी विवादमा गोली चल्दा एकजना घाइते



डोटी,१२ फागुन/    डोटीमा आपसी विवादमा गोली चल्दा एकजना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता शिवहादुर सिंहले दिनुभएको जानकारी अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आर्दश गाउँपालिका गोसेडाका धर्म लुहार र त्यही ठाउँका अधीकारीबीच आपसी विवाद हुँदा धर्म लुहारल गोली हानेका हुन् ।

गोली लागेर ५५ वर्षका देब अधिकारी गम्भिर घाईते भएका प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १२ गते शनिबार