बसको ठक्करबाट दाङमा २ जनाको मृत्यू



 दाङ,३  फागुन/   बसले मोटरसाइकललाई ठक्कर दिदा बिहीबार दाङमा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट तुलसीपुर आउन लागेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षीय मञ्जित गुप्ता रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए । उनका अनुसार वस र चालक प्रहरी नियन्त्रणमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार