कोहलपुर,३ फागुन/   पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।

दाङबाट प्रदेश सभा सदस्यमा निर्वचित पोखरेल वाम गठवन्धनको तर्फवाट मुख्यमन्त्रीका उम्मेदवार बनेका थिए। सम्विधानको धारा १६८ को उपधारा ९२० वमोजिम प्रदेश प्रमुख झाले नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए।

मुख्यमन्त्रीको सपथ बिहीबार ३ बजे राखिएको छ । सपथपछि मन्त्रिपरिषको बैठक बस्ने छ । त्यस पश्चात पदभारको कार्यक्रम राखिएको छ । प्रदेशसभा ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका थिए ।

सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् । सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । उपसभामुख भने नेकपा एमालेले पाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार