प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको अन्तिम चरणमा



नेपालगञ्ज,०१ फागुन/   यही फागुन ३ गतेदेखि नेपालगन्जमा सञ्चालन हुने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल फागुन ३ गतेदेखि नेपालगन्जमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

मिस नेपाल निकिता चन्द प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दूत नियुक्त भएकी हुन् । अबदेखि प्रधानमन्त्री कपका हरेक संस्करणमा मिस नेपाल नै सद्भावना दूत हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

सद्भावना दूत नियुक्त भइसकेपछि मिस नेपाल निकिताले राष्ट्रिय खेल तथा प्रधानमन्त्री कपको प्रवद्र्धन गर्नेछिन् । प्रधानमन्त्री कपको उद्घाटनदेखि समापनसम्म मिस नेपाल उपस्थित हुनेछिन् ।

खेल प्रतियोगितामा सद्भावना दूत नियुक्त गर्ने संस्कार प्रधानमन्त्री कपले नै थालेको हो । पहिलो पटक दुई वर्षअघि चर्चित अभिनेत्री रेखा थापालाई प्रधानमन्त्री कपको तेस्रो संस्करणमा सद्भावना दूत अनुबन्धित गरिएको थियो ।

त्यसपछि गत वर्ष आयोजक बाँके जिल्ला भलिबल संघले राष्ट्रिय क्रिकेटर नेपालगन्ज निवासी महेश क्षेत्रीलाई अनुबन्धित गरेको थियो । पाँचौं संस्करणका लागि सद्भावना दूतको रुपमा अनुबन्धित भएकी निकिताले प्रधानमन्त्री कपको प्रचारप्रसार र महत्वलाई बढाउन सहयोग गर्ने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

प्रधानमन्त्री कप अन्तर्राष्टि महिला भलिबल फागुन पहिलो साता नेपालगन्जमा सञ्चालन हुँदै छ । पाँचौं संस्करणमा तीन देशका टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिगकम नकआउटका आधारमा फागुन ३ देखि ७ गतेसम्म हुने प्रतियोगितामा आयोजक टिमसंगै नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, देहरादुन (भारत) र बंगलादेशी क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १ गते मंगलबार