भीम रावत : कोहलपुर,२७ माघ/ कोहलपुर नगरपालिका – एनटिभीको दक्षिण पट्टी यस अघि ३मिटर रहेको सडकलाई स्थानीय बासीहरुको पहलमा दाँया–बाँया १.५ मिटर स्थानीयबासीहरुको लम्बरी जग्जा सहमतिमा लिई सडकलाई ६ मिटर चौडा बनाइएको छ ।
करिब १ किमि लम्बाई रहेको सो सडकको निर्माणका लागि प्रति घर–घरेली रु ५ हजारका दरले रकम उठाई सो रकमबाट सडक माटो पटान र ग्राभेल गरिएको स्थानीयबासी पुरुषोत्तम पोख्रेलले जानकारी गराए । सो सडकको प्रत्यक्ष उपभोत्ता झण्डै २० घरपरिवार यसबाट लाभान्वित भएका छन् ।
सडक चौडा बनाउने क्रममा शनिबार भएको कार्यक्रममा स्थानीय एनटिभी टोल सुधार समितिका अध्यक्ष भेषराज गैरेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यताका भएका कार्यक्रममा थापाले आवश्यक पर्ने विद्युत पोल, हुमपाइप तथा ढल निकासका लागि वडा कार्यालयको तर्फबाट कोहलपुर नगरपालिकामा पहल गर्ने र आगामी आ.ब. को बजेटमा सो सडकलाई वडाबाट पार्ने बजेटमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।
साथै चालु आ.ब. मा पनि आन्तरिक तर्फको बजेटबाट केही रकम पार्न कोशिस गर्ने बताए । साथै वडा न.ं ११ का सदस्य छविलाल भट्टराईले समेत कतिपय वडाहरुमा नगरपालिकाबाट परेको बजेट विनियाजित भएर पनि काम गर्न नसकिरहेको अवस्था छ भने यस टोलमा स्थानीयबासीहरु आफैले रकम उठाएर यति राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै यस्तो काम गर्ने स्थानीयहरुलाई वडा कार्यालयले प्रोत्साहन गर्नु पर्ने बताए ।
त्यस्तै स्थानीय समाजसेवी सूर्य बहादुर पछाईले आफ्नो टोलबासी सबै मिलेर आफ्नो टोलको विकास गर्न एकतावद्ध भएर देखाएकाले यस्ता स्थानमा नगरपालिकाले पनि प्राथमिकतामा राखेर आगामी दिनमा बजेट पार्न माग गरे ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन स्थानीयबासी शंकर शर्माले गरेका थिए । कार्यक्रममा टोलमा खटेर काम गर्ने तथा कार्यक्रमका सहभागीहरुलाई
स्थानीयबासी पुरुषोत्तम पोख्रेलले स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्