ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाद्वारा इंग्ल्याण्ड ५ विकेटले पराजित



काठमाडौं,२४ माघ/ ग्लेन म्याक्सवेलको अलराउण्ड प्रदर्शनको मद्दतमा तास्मान त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले हराएको छ । इंग्ल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्‍र्याे ।

जितका लागि १ रन चाहिएको अवस्थामा म्याक्सवेलले छक्का हान्दै टिमलाई जिताएनन मात्र शतक पनि पुरा गरे । ८९ बल खेलेका उनले १० चौका र ४ छक्काको मद्धतमा अविजित १ सय ३ रन बनाए । उनले बलिङमा पनि ३ विकेट लिएका थिए ।

पहिले व्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उसका लागि दविड मालनले ५० रन बनाए । न्युजिल्याण्ड पनि सहभागि त्रिदेशीय श्रीङ्खलामा अष्ट्रेलियाको लगातार यो दोश्रो जित हो । यसअघि अष्ट्रेलियाले न्युजिल्याण्डलाई हराएको थियो । दुुई खेलबाट उसको ४ अंक भएको छ भने इंग्ल्याण्ड र न्युजिल्याण्ड अंकविहिन छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार