कोहलपुर,२१ माघ/ बाँके बैजापुरबाट नेपालगन्ज आउदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।
राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आज बिहान नेपालगन्ज आउदै गरेको ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाईतेहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
यसैबिच दुर्घटनामा घाइते भएकाहरुको उपचारका कुनै पनी कमी हुन नदिन बाँके क्षेत्र नम्बर १ प्रदेश सभा क सांसद कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
बस दुर्घटनाप्रति दुख व्यक्त गर्दै सांसद नमुनाले घाइतेहरुको उपचारमा गम्भिर भएर लाग्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्