कोहलपुर,२१ माघ/ प्रहरीले मुस्कान सहितको सेवा दिने भने पनि ट्राफिक प्रहरीलाई भने कुराले छुन सकेको छैन । अधिकांश सवारी चालक तथा सहचालकहरुले आफूलाई ट्राफिक प्रहरीले गर्ने व्यवहार रुखोे, हेपाहा र अपमानजनक हुने गरेको बताएका छन् ।
शुक्रबार कोहलपुर– सुर्खेत सडक खण्डको चौराह नजिक एक अटोरिक्सामा घरयासी समान ल्याउदै गरेको अटोरिक्सा सही ठाउमा नरोकेको भन्दै मिसनकर्मीकै अगाडि चेकिङमा रहेका एक ट्राफिक प्रहरी सहायक निरीक्षकले चालकलाई अभद्र व्यवहार गर्दै थर्काए भने आफ्रनो ओहोदाको फुर्ति लाएको प्रष्ट देखियो ।
सामान्य कागजात माग्दा समेत अपमान जनक भाषा प्रयोग गर्ने गरेको उनीहरुको भनाइ छ । “ओई कागजात देखा” भन्छन् । तिमी सम्म पनि भन्दैनन, ट्याक्टर चालक प्रदेश थारुले भने,‘ हामी सँग त सधै रिसाएको जस्तो अनुहार लगाउछन ।
मैले कहिल्यै मुस्कुराको देखेको छैन’ । अर्का चालक हरी वलीले आफुहरुले सम्मान जनक तरिकाले बोले पनि उनीहरु भने सधै निच तरिकाले बोल्ने गरेको बताए ।
हामी झुत्रा र मैला कपडा लगाउनेलाई हो सुकिला मुकिला लगाउनेलाई त राम्रै भाषा प्रयोग गर्छन होला । उनले भने एकातिर ‘प्रहरी मेरो साथी’ भन्ने अभियान चलिरहेकै बेला ट्राफिक प्रहरीले भने यो आत्मसाथ गर्न नदेखिएको पाइएको छ ।
साथीको सम्बन्ध हुनुपर्ने भएता पनि कतिपय सवारी चालकहरु ट्राफिक प्रहरी भन्ने वित्तिकै डराउने गरेको पाइएको छ । कतिपय अवस्थामा कागजात देखाउन ढिलाई गर्दा समेत ट्राफिकले हर्काने गरेको एक चालकले बताए ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख होम थापाले । चालक तथा सहचालकलाई राम्रो व्यवहार गर्नु भनि तल्लो तह सम्म निर्देशन दिने गरेको बताए । सवारी साधनको चाप धेरै हुँदा पनि यदाकदा ट्राफिक प्रहरी यस्तो गर्न सक्छन । उनले भने ।









प्रतिक्रिया दिनुहोस्