सांसदलाई अपहरणको धम्की दिएर फिरौती लिन खोज्ने चारजना पक्राउ



काठमाडौं,१८ माघ/ प्रदेश सांसद बिन्दुकुमार थापालाई अपहरण गरी फिरौती असुल्न खोज्ने चार जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको छ ।

निर्वाचनमा विजय भएलगत्तैदेखि मनोज पुनको नाम लिएर थापालाई धम्क्याउँदै दुई करोड रुपैयाँ असुल्न खोज्ने स्याङ्जाका चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवलमा एमालेका दुईजना युवा नेताको हत्याको जिम्मेवारी लिएका मनोज पुनको नाम लिएर स्याङ्जा टक्सारका शंकर भनिने नलबहादुर गुरुङ, आशीष खड्का लगायतले सांसद थापासँग एक महिनादेखि पैसा मागिरहेका थिए ।

–imagekhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १८ गते बिहीबार