कविन्द्र परियार : कोहलपुर,१८ माघ/ सैलुन व्यवसाय थोरै लगानी र कम सिप भएपनि गर्न सकिने सामान्य व्यवसाय हो । तर यसै व्यवसाय मार्फत आफ्नो जीविको पार्जन मात्र होइन आर्थिक स्तरमा राम्रो प्रगति गरेका व्यवसायीहरु पनि बाँकेमा रहेका छन् ।
बाँके जानकी गाउँँपालिका—५ बुढीयागाउँका इद्रिस सल्मानीले कपाल काट्ने पेशा सिकेको १६ वर्ष भयो । उनी हाल सम्म पनि निरन्तर यो व्यवसायमा लागि रहेका छन । थोरैमात्र औपचारीक शिक्षा आर्जन गरेका उनी कम शिक्षा र कम लगानीबाट सजिलै सैलुन व्यवसाय संञ्चालन गर्न सकिने भएकोले यो व्यवसाय अगांलेको बताउँछन् ।
यो व्यवसायबाट उनले मासिक रुपमा ६० हजार आम्दानी हुने गरेको बताए । उनले हाल कोहलपुरमा चाँद हेयर कटिङ्ग सेन्टर संचालन गरी ४ जनालाई रोजगारी समेत दिएका छन् । यो व्यवसायम राम्रो सँग सिप सिकेर आउने हो भने दैनिक घर खर्च सजिलै चलाउन सकिने उनको भनाइ छ ।
त्यस्तै कोहलपुरमै सैलुन व्यवसाय सञ्चालन गदैआएका नेपालगञ्ज उप–महानगरपालिका —१७ राँझाका इर्साद सल्मानी पनि विगत २ वर्ष देखि यो व्यवसाय गदै आएका छन । कम लगानीमै यो पेशा सञ्चालन गर्न सकिने र काम पनि सहज भएकाले यो पेशा गरिरहेको इर्सादले बताए । ‘यो पेशा गर्न धेरै नपढेपनि हुन्छ ।
राम्रो सिप सिक्नुप¥यो । सिपलाई पनि खासै तालिम दिनु पर्दैन । गर्दै सिकिन्छ । तर सजक र होसियारी चाही अपनाउन पर्छ ’ उनले भने । उनी मासिक रुपमा रु १५ देखि रु २० हजार सम्म आम्दनी गर्न सकिेने बताउँछन । विदेश जाने लगानी यहीं लगायो भने त्यो लगानीले स्वदेशमै सिकेर व्यवसाय खोल्न समेत सकिने उनको भनाई छ ।
त्यस्तै कोहलपुरमै मुस्कान हेयर कटिङ्ग सेन्टर संञ्चालन गरी सैलुन व्यवसाय गदै आएका १९ वर्षिय मिराज सल्मानी पनि विगत केही वर्ष देखि कपाल काट्ने व्यवसाय गर्दै आएको बताउँछन । दश कक्षा सम्म अध्ययन गरेका उनी यो व्यवसाय गर्न धेरै लगानी नचाहिने र काम गर्दा दुख पनि नहुने हुँदा यो व्यवसायमा लागेको बताए । उनको पसलमा दैनिक रुपमा रु २० देखि ३० जना ग्राहक आउने गरेको उनको भनाई छ । मासिक रु २० देखि २५ हजार सम्म कमाई हुने उनको भनाई छ । यो पेशा जुनसुकै वर्ग र समुदायका मानिसले गर्न सकिने मिराजको भनाइ छ । यी त प्रतिनिधि मुलक पात्रहरु मात्र हुन ।
बाँकेमा पछिल्लो समयमा सैलुन व्यवसायमा अंगाल्नेको संख्या बढ्दो छ । सैलुन व्यवसाय संञ्चालन गर्न थौरै लगानीले पुग्ने र थोरै मात्र औपचारिक शिक्षाले पुग्ने भएका कारण पनि यो व्यवसाय गर्न सजिलो भएको यो व्यवसाय गरिरहेका व्यवसायीहरुको भनाइ छ । समाजको आधुनिकता सँग–सँगै सैलुन व्यवसायलाई पनि आधुनिकिकरण गरे मात्रै आकर्षणको पेशा हुने हुँदा सामान्य घुम्तिमा गरिने सैलुन व्यवसाय आजभोली सटरभाडामा लिएर ग्लासको बन्द र सजिएका स्तरीय कोठा भित्र हेयर कटिङ्ग गर्ने गरेको समेत पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्