बाँसगढी,१४ माघ/ बाँसगढी नगर स्तरीय प्रथम मेयर कप रनिङ सिल्ड खेलकुद प्रतियोगीता अन्तर्गत तेक्वान्दोका खेलहरु शनिबार सकिएका छन् ।
११ गते देखि नेरा मावि लक्ष्मणपुरको खेलमैदान सुरु भएको मेयर कप प्रतियोगीता अन्तर्गत शनिबार खेलहरुमा तेक्वान्दोका खेलहरु सकिएका छन् । तेक्वान्दो खेलमा उत्कृष्ठ छात्र– छात्रातर्फ नेरा मावि लक्ष्मणपुरका निर्मल पुनमगर र मनिषा योगी भएका छन् ।
त्यस्तै छात्र ३५ केजी मुनीको खेलमा प्रथम निर्मल पुन नेरामावि लक्ष्मणपुर, द्वितीयमा चन्द बहादुर बुढाथोकी रामजानकी मावि भैसासुर, तृतीयमा बिकाल बाँसगढी एकेडेमीक पब्लिक स्कुलका विकास खत्री र सुशिल चौधरी, ४० केजी मुनी प्रथममा लोक बहादुर पुन नेरामावि लक्ष्मणपुर, तृतीयमा सुरेश थारु राम जानकी मावि भैसासुर, तृतीयमा सुरज वली नेरामावि बाँसगढी र रोशन चौधरी बाँसगढी एकेडेमिक, पुरुष ४५ केजी मुनी प्रथममा दिपेश थारु रामजानकी मावि भैसासुर, द्वितीयमा बिपेजन खत्री बाँसगढी एकेडेमिक, तृतीयमा संजयकुमार श्रेष्ठ बाँसगढी एकेडेमीक र क्षितिज राजी रामजानकी मावि भैसासुर, ४८ किलोमा प्रथममा किरण केसी बाँसगढी एकेडेमिक, द्वितीयमा दिपेश थापामगर नेरा मावि बाँसगढी, तृतीयमा ईला बहादुर दर्लामी बाँसगढी एकेडेमिक, र बिशाल पालुंगे मगर रहेका छन् ।
छात्र ५१ केजी मुनि प्रथम नबिन चौधरी बाँसगढी एकेडेमिक, द्वितीयमा अरुण थारु रामजानकी मावि भैसासुर, तृतीयमा देब डाँगी रामजानकी मावि भैसासुर र खड्क बिक जनता मावि बठुवा, महिला ४० केजी मुनी मनिषा योगी नेरामावि लक्ष्मणपुर र भुमिसरा खत्री नेरामावि लक्ष्मणपुरकी छात्रा द्वितीय हुन सफल भएको तेक्वान्दो प्रशिक्षक भुपेन्द्र पुनमगरले जानकारी दिए । प्रतियोगीता १५ गते सम्म चल्ने छ ।









प्रतिक्रिया दिनुहोस्