सात दिने आधारभुत तालिम सम्पन्न



नेपालगञ्ज,१३ माघ/   बास नेपालगञ्जले सञ्चालन गरेको सात दिने उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको छ । युवाहरुमा बोल्ने क्षमताको विकास गरी उनीहरुको व्यक्तित्व विकास गर्ने उद्धेश्यले सो तालिम आयोजना गरिएको थियो ।

कार्यक्रमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तव्य राख्दै सहभागी चिरञ्जीवी शर्माले तालिमबाट उद्घोषणको बारेमा आफूले धेरै जानकारी पाएको बताए । उनले आगामी दिनमा समेत युवाहरुका लागि यस्ता तालिमहरु गर्न अनुरोध गरे ।

यस्तै तालिमका सहभागी अजिता आचार्यले तालिमबाट बोल्ने कलाको विकास भएकोमा आफू खुशी भएको बताइन् । उनले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिव्द्धता गरिन् ।

माघ ६ गते देखि सञ्चालन भएको तालिममा उद्घोषणका विभिन्न विषयमा प्रशिक्षक नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट, ओबिराज आचार्य, प्रिया स्मृती ढकाल लगायतले प्रशिक्षण गरेका थिए । तालिममा २५ जना युवाहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार