मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम विजयी



भीम रावत : कोहलपुर,७ माघ/  बाँकेको कोहलपुरमा रहेका क्रियासिल पत्रकारहरु र प्याब्सन कोहलपुर बीच भएको मैत्री पूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम विजय भएको छ ।

प्याब्सन कोहलपुरमा आवद्व विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक र कोहलपुर क्षेत्रमा रहेका क्रियासिल पत्रकार बीच भएको प्रतियोगितामा पत्रकारहरुको टिमले ३ का विरुद्व ५ गोल गर्दै विजय भएको छ ।

खेल शुरुभएको ४ मिनेटमा प्याब्सनका तर्फबाट रोशन श्रेष्ठले गोल गर्दै अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा पत्रकारको टिमबाट सुदिप सलामी मगरले १ गोल गर्दै खेललाई बराबरीमा गरेका थिए ।

खेलको १८ औं मिनेटमा पत्रकारकै टिमबाट सन्तोष बुढा मगरले अर्को गोल गर्दै पत्रकारको टिमले अग्रता लिएको थियो । कुल ५० मिनेट समयावधि निर्धारण गरिएको मैत्रीपूर्ण प्रतियोगिताको पहिलो हाफमा पत्रकारको टिमले प्याब्सनको टिमलाई दवाद दिएको थियो भने दोस्रो हाफमा प्याब्सनका किरण सेन्चुरीले एक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यस्तै खेलको ३१ औं मिनेटमा प्याब्सनका तर्फबाट सुरज रानाले एक गोल गरेपछि प्याब्सनको टिमले अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा पत्रकारको टिमबाट सन्तोष बुढा मगरले पुन एक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने खेलको ४३ औं मिनेटमा पत्रकारको टिमबाट सुन्दिप सलामी मगरले एक गोल र खेलको ४७ औं मिनेटमा शिव डाँगीले अर्को गोल गर्दै प्रतियोगितामा पत्रकारको टिमले ३ का विरुद्व ५ गोल गरी विजयी भएको थियो ।

प्रतियोगितामा पत्रकारहरुको टिम प्रेस सेन्टर नेपालका अनुशासन आयोगका केन्द्रीय सदस्य एवं कोहलपुरका अग्रज पत्रकार भीम रावतको नेतृत्वमा पत्रकार चेतकान्त भट्टराई, विष्णु वेल्वासे, प्रदिव वाग्ले, विनोद भट्टराई, राजेश आचार्य, निर्मल आचार्य, संगिन शर्मा, रवि रोकाय, राम बहादुर रावत, यान.वी. साहु, अशोक भण्डारी, गणेश विष्ट, डिल्ली शाही लगायतका पत्रकारहरु रहेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य आरती पौडेलले शिक्षा क्षेत्रमा क्रियासिल प्याब्सन र पत्रकार बीच मैत्रीपूर्ण सम्बन्धका लागि प्रतियोगिता आयोजना गरिएकोे बताइन् ।

साथै उनले कोहलपुरलाई खेलकुद क्षेत्रको उर्वर भूमिका रुपमा विकास गर्नका लागि सबै क्षेत्रबाट लाग्न, खेलकुद क्षेत्रको हवका रुपमा कोहलपुर विकास गर्नका लागि आवश्यक सहयोग गर्न सबै सँग अनुरोध गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्याब्सन कोहलपुरका सल्लाहाकार केशर बहादुर आलेले स्वास्थ्यका
लागि खेलकुद आवश्यक भएकाले यस्ता प्रतियोगिता संधै हुनुपर्नेमा जोड दिए ।

व्याब्सन कोहलपुरका अध्यक्ष यम रावतको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा संस्थागत विद्यालयका संस्थापक, पिन्सिपल, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार