रावन विश्वकर्मा : बर्दिया, ४ माघ/ “दोस्रो बाँसगढी औद्योगित व्यापार मेला तथा माघि महोत्सव २०७४” को तयारी तिब्र पारिएको छ ।
बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा माघ १२ गते देखि २२ गते सम्म सञ्चालन हुने महोत्सव सफल पार्न स्टल निर्माण, मञ्च व्यवस्थापन, गेट निर्माण, प्रचार प्रसार लगायतको कामलाई तिव्र पारिएको मेला व्यवस्थापक रुद्र प्रसाद खनालले बताए ।
मेला सफल पार्न पुर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न चोकहरुमा गेट निर्माण, प्रचार प्रसारको लागि जिङगल, पम्पेलेट छपाईको काम पुरा भएको र सबै मिडियाहरुबाट प्रचार प्रसारलाई समेत तिव्र पारिएको छ ।
मेलामा कृषि, घरेलु, व्यवसायी, होटेल, थारु गाँउ नौटंकी नाच, बाल उत्थान, स्थानीय हस्तकला लगायत गरी करिब २ सय ५० बढी स्टल रहने छन । बाँसगढी उद्योग वाणिज्य सँघको भवन निर्माण गर्ने, स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन र बजारीकरणका साथै बाँसगढी क्षेत्रको बिकास गर्ने उद्देश्यले दोस्रो बाँसगढी महोत्सव सञ्चालन गर्न लागिएको बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक कटक बिसिले बताए ।
महोत्सवको बाँके, बर्दिया लगायत छिमेकी जिल्लाका करिब २ लाख बढीले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलामा बिभिन्न स्टलहरुको अवलोकन, राष्ट्रिय रुपमा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीका साथै स्थानिय कलाकारहरुको पनि प्रतिभा देख्न पाईने आयोजकले जनाएको छ ।
साथै प्रतिभा भएका स्थानीय कलाकारहरुलाई पनि स्थान दिने भएकाले सचिवालयमा सम्पर्क गर्न मेला व्यवस्थापक निर्मल आचार्यले आग्रह गरेका छन । मेला सफल पार्न जिम्वेवारी पाएका सबै समुहहरुले आ–आफ्नो काम तिव्र रुपमा अगाडि बनाएको जनाइएको
छ ।









प्रतिक्रिया दिनुहोस्