आफ्नो प्रियसीलाई सम्झिदै अर्जुनले भने कहिले आउला त्यो दिन



काठमाण्डौं/  धेरै दर्शक स्रोतको मन जितिसकेका अर्जुन कुमारको फेरि अर्को आधुनिक गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दर्जनौं म्युजिक भिडियोमा देखा परेका अर्जुन कुमार यस पटक भने अलि फरक किसिमले प्रस्तुत भएका छन ।

निर्देशक अमीत बराली क्यामेरा गणेश बराल मगर सम्पादन रबिन बिकले गरेका छन भने मोडल अर्जुन कुमार र अनिता सोनिको निकै भाबुक अभिनयले मनै छोएको थियोे ।

बिन्दाबासिनी म्युजिक प्रा लि प्रस्तुति चन्द्रा घिमिरे बिसुको आधुनिक एल्बम कहिले आउला त्यो दिन प्रिय जस्मा स्वर रहेको छ । स्वरुपराज आचार्य संगीत भक्तलुङगेली शब्द चन्द्रा घिमिरे बिसु र एरेन्ज बिष्णु अधिकारिको रहेको छ ।

आस ईन्टरटेन्मेन्टले निर्माण गरेको भिडियो प्रबासको रमणीय स्थालहरु मा खिचिएको र घर परिवार संग टाढा हुँदाको पिडालाई देखाउन खोजिएको निर्देशक बराली को भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार