
काठमाडौँ ।
नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग खेल्नेछन् । लिग चरणको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीबीच मंसिर २४ गते फाइनल खेल हुनेछ । सबै खेल बिहान ९ बजे सुरु हुनेछन् ।
प्रतियोगिताका खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदान र महेन्द्रनगरमा सञ्चालन हुनेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिताको पहिलो दिन मंसिर १० गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । सोही दिन महेन्द्रनगरमा कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि सन् २०२४ नोभेम्बरमा विराटनगरमा भएको प्रतियोगिताको पछिल्लो संस्करण सुदूरपश्चिम प्रदेशको टोलीले जितेको थियो । दुई वर्षपछि हुन लागेको प्रतियोगितामा सुदूरपश्चिमले उपाधि रक्षा गर्ने लक्ष्य राख्नेछ ।









प्रतिक्रिया दिनुहोस्