नेपालगञ्जमा मिस्टर एण्ड मिस टिन प्रतियोगिता हुने



नेपालगञ्ज,३० पुस/ मुन मिडिया हाउसले नेपालगञ्जमा मिस्टर एण्ड मिस टिन प्रतियोगिताको आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी मुन मिडीया हाउसले शनिबार देखि प्रतियोगिताका लागि फारम खुलेको र आउदो माघ १५ देखि अडिसन राउण्ड सुरु हुने जनाएको छ ।

कार्यक्रमका अध्यक्ष सृष्टी वली का अनुसार प्रतियोगितामा मिस्टर एण्ड मिस टिन नेपालगञ्जमा १३ वर्ष देखि १९ वर्ष सम्मका महिला तथा पुरुषहरुले प्रतियोगितामा भाग लिन सक्ने जनाएकी छन ।

निर्णाणक मण्डलको जानकारीस अनुसार कार्यक्रमको बिजेता चयन गरिने र २०÷२० जना गरि जम्मा ४० जना सहभागिलाई प्रतियोगितामा समाबेश गरिने छ । प्रतियोगितामा बाँकेका कुनै बिद्यालय वा कलेजको प्रमाण् पत्र भएका महिला पुरुष र बाँकेबासीहरुले प्रतियोगितामा भाग लिन सक्न छन ।

प्रतियोगितामा प्रथमलाई बिस हजार , द्धितियलाई दश हजार र तृतियलाई पाँच हजार पुरस्कार राखिएको आयोजकले बताएको छ । कार्यक्रममा एक्स जेनेरेसनका अध्यक्ष संयोग जंग शाह, मुन मिडिया हाउसका त्रिभु ढकाल, बिजय खत्री लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार