नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा देशभरबाट खेलाडी सम्मिलित मेयर कप राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप–२०८३ सम्पन्न भएको छ । प्रतियोगिताको ‘च्याम्पियन अफ च्याम्पियन्स’ उपाधि संगम विष्टले हात पारेका छन् । शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा ओभरअल च्याम्पियको उपाधी पुरुषतर्फ संगम विष्ट र महिलातर्फ कुस्मा केसीले जितेका छन् । पावरलिफ्टिङ संघ बाँकेको आयोजना, राष्ट्रिय पावरलिफ्टिङ महासंघको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको विशेष सहयोगमा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा पुरुष र महिला ओभरअल च्याम्पियन भएका खेलाडीहरूलाई जनही एक लाख रूपैयाँँँ पुरस्कार प्रदान गरिएको छ भने विभिन्न विधा तथा तौल समूहमा प्रथम हुने खेलाडीले १० हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रूपैयाँँँ नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पुरुष ओभरअलतर्फ संगम विष्ट प्रथम, बलबहादुर सुनार द्वितीय र निखिल तामाङ तृतीय भए भने महिला ओभरअलतर्फ कुस्मा केसी प्रथम, प्रिज आरसी द्वितीय र प्रतिष्ठा भट्ट तृतीय भएका हुन् ।
यसैगरी अन्य विधाहरू पुरुष जुनियर ओभरअलतर्फ संगम विष्ट प्रथम, करण बुढामगर द्वितीय र गोपाल चौधरी तृतीय भए भने मास्टर–१ पुरुष ओभरअलतर्फ ज्ञानेन्द्रराज पाण्डे प्रथम, डा. जितेन्द्र कुमार द्वितीय र इशाक मियाँ तृतीय भए ।मास्टर–२ पुरुष ओभरअलतर्फ बलकृष्ण तेन्दुलकर प्रथम, सिफ अहमद सिद्दिकी द्वितीय र अखिल अहमद सिद्दिकी तृतीय हुँदा मास्टर महिला ओभरअलमा सन्ध्या श्रेष्ठ प्रथम, इन्दु मल्ल द्वितीय र रञ्जु थापा मगर तृतीय भए । महिलाको खुला विधातर्फ ५२ केजीमुनि प्रेमकुमारी आचार्य प्रथम र प्रिज आरसी द्वितीय भए भने ५६ केजीमुनि बिनिता बुढा प्रथम, अनुपा नेपाली द्वितीय र शान्ति बुढामगर तृतीय भए ।
६० केजीमुनि कुस्मा केसी प्रथम, कुमारी ज्ञानी थापा द्वितीय र प्रकृति श्रेष्ठ तृतीय हुँदा ६७.५ केजीमुनि प्रमिशा भट्ट प्रथम, रेखा पुन मगर द्वितीय र रविना कुँवर तृतीय भए । ७५ केजीमुनि तुलमाया तामाङ प्रथम, रोशनी चौधरी द्वितीय र रितुकुमारी आले तृतीय भए भने ७५ केजीमाथि कोपिला कुँवर प्रथम, सन्ध्या श्रेष्ठ द्वितीय र सञ्चिका महर्जन तृतीय भए ।पुरुष खुला विधातर्फ ६० केजीमुनि संगम विष्ट प्रथम, गोपाल चौधरी द्वितीय र विनोद खाती तृतीय हुँदा ७५ केजीमुनि निखिल तामाङ प्रथम, सुरेश थापा द्वितीय र रुदन चौधरी तृतीय भएका छन् । यस्तै ८२.५ केजीमुनि ज्ञानेन्द्रराज पाण्डे प्रथम, विकल शाक्य द्वितीय र राजेश बम तृतीय हुँदा ९० केजीमुनि युवराज वर्मा प्रथम, माजिद आलम कुरेसी द्वितीय र प्रेमबहादुर तामाङ तृतीय भएका छन् ।
९० केजीमाथि शिवराज वर्मा प्रथम, प्रेमबहादुर तामाङ द्वितीय र इरशाद आलम कुरेसी तृतीय भएका छन् भने ९० केजीमाथिको विधामा अर्जुन श्रेष्ठ प्रथम, पंकज आले द्वितीय र युधिष्ठिरसिंह घिमिरे तृतीय भएका छन् । प्रतियोगिताको आयोजक पावरलिफ्टिङ संघ बाँकेका अध्यक्ष डा. प्रतीक श्रेष्ठले नेपालगन्जमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना सफल भएकोमा खुसी व्यक्त गरे ।उनले आगामी दिनमा पनि बाँकेमा पावरलिफ्टिङ खेलको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतियोगिताले जिल्लामा पावरलिफ्टिङको विकाससँगै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्