मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कपडा व्यवसायी संघ विजयी



भीम रावत : कोहलपुर,२७ पुस/   कोहलपुरमा रहेका क्रियासिल पत्रकारहरु र कोहलपुर कपडा व्यवसायी संघ बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कोहलपुर कपडा व्यवसायी संघ विजयी भएको छ ।

बिहिबार कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाहा मैदानमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कपडा व्यवसायी संघले ६ गोल गरेको थियो भने पत्रकारहरुको टिमले ५ गोल गरेको थियो ।

जम्मा ६० मिनेट समयावधि निर्धारण गरिएको सो प्रतियोगितामा ३० मिनेटमा मध्यान्तर गरी खेलाइएको थियो । मध्यान्तर अघि कपडा व्यवसायीको टिमले २ गोल र पत्रकारको टिमले १ गोल गरेका थिए । मध्यान्तर पछि कपडा व्यवसायीको टिमले ४ गोल र पत्रकारको टिमले ४ गोल गर्न सफल भए ।

पत्रकारहरुको टिम प्रेस सेन्टर नेपालका अनुशासन आयोगका केन्द्रीय सदस्य एवं कोहलपुरका अग्रज पत्रकार भीम रावतको नेतृत्वमा पत्रकार विनोद भट्टराई, राजेश आचार्य, चेतकान्त भट्टराई, रवि रोकाय, राम बहादुर रावत, केशव राना, यानवी साहु, विनोद पौडेल, डिल्ली शाही ,कोष खड्का, विवेक रेग्मी लगायतका पत्रकारहरु रहेका थिए ।

पत्रकारको टिमबाट पहिलो गोल पत्रकार रवि रोकायले गरेका थिए । त्यस्तै कोहलपुर कपडा व्यवसायीहरुको टिम नेतृत्व कपडा व्यवसायी सौगात इम्पोरियमका प्रोपराइटर इन्द्र प्रसाद पौडेलले गरेका थिए ।

पौडेलको नेतृत्वमा संघका महासचिव एकराज भण्डारी, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र सुवेदी, व्यवसायीहरु आइता राम चौधरी,प्रमेश्वर भट्टराई (प्रकाश) लगायतका रहेका थिए ।

प्रतियोगिताको समापनमा पत्रकारहरुको तर्फबाट टिम क्याप्टेन भीम रावतले व्यवसायी र पत्रकारहरु बीचको मैत्रीपूर्ण प्रतियोगिता सौहार्दतापूर्ण र कसैलाई पनि कुनै किसिमको चोटपटक नलागि सम्पन्न भएको र यसले व्यवसायी –पत्रकारहरु बीचको सम्बन्धलाई सकारात्मक रुपमा जोड्ने काम गरेकोमा सबैलाई धन्यवाद दिए ।

रावतले भने ,–‘ विभिन्न पेशागतमा रहेका व्यवसायीहरु र पत्रकारहरु बीच हुने यस्ता मैत्रीपूर्ण प्रतियोगिताहरुले हामी पत्रकारहरुलाई समेत व्यससायीहरुका समस्याका बारेमा पहिचान गर्न सहज हुने र ती समस्याहरु समाचारका रुपमा उठाउन सकिने विषय बस्तु बन्ने बताए ।’
त्यस्तै कपडा व्यवसायीहरुको तर्फबाट संघका अध्यक्ष मेघराज अधिकारीले पत्रकारहरुसँगको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हौहार्दतापूर्ण रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै यस्ता प्रतियोगिताहरुले पत्रकारहरु सँगको सम्बन्ध भावनात्मक रुपमा पनि राम्रो हुने बताए ।

समापन कार्यक्रममा संघका अध्यक्ष अधिकारीले पत्रकार टिमका क्याप्टेन भीम रावतलाई नेपालको राष्ट्रिय गान लेखिएको मायाको चिनो समेत प्रदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २७ गते बिहीबार