नेपालगञ्जमा पहिलो प्रादेशीक महोत्सव हुने



नेपालगञ्ज,२५ पुस/     नेपालगञ्ज उद्योग बाणिज्य संघको आयोजनामा नेपालगञ्जमा पहिलो प्रादेशीक महोत्सव हुने भएको छ । काठमाडौं स्थित नेपाल उद्योग बाणिज्य महासंघको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी पहिलो पटक नेपालगञ्जमा प्रादेशीक महोत्सव २०७४ गर्न लागेको जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जग्गामा बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए । उनले सभागृह र प्रर्शनी स्थल निर्माणको लागि नेपाल सरकार समक्ष सहयोग लागि आग्रह समेतगरेका छन् ।

उनले माघ ११ गते देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने बताए । बैश्यले जडिबुटी, पर्यटन, कृषि उत्पादनको प्रर्वद्धनको लागि महोत्सव गर्न लागेको बताए । नेपाली उत्पादनलाई प्रचारप्रसार गरी आयातलाई विस्थापत गर्दै निर्यात बढाउने महोत्सवको उद्देश्य रहेको बैश्यको दावी गरे । उनले सिमेन्टमा नेपाल आत्मानिर्भर हुने अवस्थामा रहेको बताउदै नेपालमा भएका उत्पादनको प्रचार प्रसार गर्नु महोत्सवको  उद्देश्य रहेको बताए ।

उनले महोत्सवमा करिब ३ स्टल रहने र रु १ करोड बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ७ औं पटक महोत्सव हुन लागेको जानकारी दिए । उनले प्रदेश ५ मा लगानी भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना हुन लागेको बताए । प्रदेश नं.५ का विभिन्न जिल्लाहरुमा पाइने कला, संस्कृति, परम्परा, संकारलाई महोत्सवमा मार्फत देश विदेश सम्म पु¥याउने जानकारी गराए ।

नेपाल उद्योग बाणिज्य महासंघका मेला संयोजक दिलचन्द आयोजना हुने महोत्सवमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आयातमुखी अर्थतन्त्रलाई निर्यात मुखी बनाउनको लागि त्यस्ता महोत्सव सार्थक हुने सुझाव समेत दिए । महोत्सवलाई सम्पन्न गर्नका लागि पत्रकारहरुको प्रमुख
भूमिका रहने भएको हुनाले गहन भएर लाग्नुपर्ने महोत्सवका प्रचारप्रसार संयोजक बसन्त लामिछानेले जानकारी गराएका छन् ।

महोत्सवका लागि ७ सय ५१ सदस्यीय मुल आयोजक समिति तथा २२ वटा उपसमिति समेत गठन गरिएको छ । पत्रकार सम्मेलनमा नेपालगञ्ज उद्योग बाणिज्य संघका उपमहासचिव तारादेवी रोकाय, कोषाध्यक्ष आदेश अग्रवाल, प्रेस सल्लाहकार सुरेन्द्र काफ्m्ले लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार