कोहलपुर,२४ पुस/ पाँच न. प्रदेशको राजधानी लगायत बाँकेको विकास र संवृद्धिका सवालमा सर्वपक्षिय वृहत् अन्तरक्रिया कार्यक्रम आइतबार कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका तथा कोहलपुर नगरविकास समितिको आयोजना र रेडियो प्रतिबोध एफ.एम को समन्वयमा गरिएको सो अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले पाँच नं प्रदेशको राजधानी बाँके बनाउन सकिने आधार रहेको बताएका थिए । खुला छलफलबाट सहभागीहरुका सुझाव तथा गुनासाहरु लिनका लागि गरिएको कार्यक्रममा सहभागीहरुले सकेसम्म पाँच नं प्रदेशको राजधानी बाँके नभए दाङ बाहेक अन्य स्थानलाई स्वीकार गर्न नसकिने बताएका थिए । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक) ले प्रदेश नं ५ मा बाँके जिल्ला बाहेक अन्य स्थानमा आवश्यक पुर्वाधार तथा भौतिक संरचना नभएकोले अन्य स्थानमा राजधानी सम्भव नहुने बताए । दाङलाई न्यायीक मुख्यालय बनाउने र बाँकेलाई प्रदेश राजधानी बनाइनु पर्ने
बताए ।
त्यस्तै बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य मोहम्द इश्तियाक राईले बाँके जिल्ला हरेक दृष्टिकोणले सम्पन्न र देशकै तेस्रो स्थानमा पर्ने भएकोले प्रदेशको राजधानीका उपयुक्त रहेको बताए । साथै बाँके जिल्लालाई प्रदेश राजधानी बनाउन हातेमालो गरेर जानुपर्ने र यसका लागि जुनसुकै आन्दोलन गर्नु परेकोमा आफु तयार रहेको बताए । माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बाँके जिल्लालाई प्रदेश राजधानी बनाउनका लागि कुनै ढिलाई नभएको र हरेक दृष्टिकोणले उपयुक्त रहेकोले बाँकेलाई प्रदेश राजधानी बनाइनु पर्ने बताए ।
नेकपा एमालेका युवा नेता सुर्य ढकालले राजधानी कहाँ बनाउने बहस भइरहेका बेला जनताका अधिकारको रक्षा हुने गरी जनताको सुविधाको लागि उपयुक्त स्थानमा राजधानी तोक्नु पर्ने बताए । ५ नं प्रदेशको राजधानी बाँके वा दाङ हुनुपर्ने नभए बाँकेलाई ६ नं प्रदेशमा गाभ्नु पर्ने बताए । नेपाली काँगे्रसका क्षेत्रीय सभापति माधवराम खत्रीले संविधान जारी गर्दा हतार गरिएका कारण प्रदेश राजधानी तोक्नुमा समस्या रहेको बताए
कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी थारुले हिजो थारुहटको आन्दोलनलाई थारुको मात्र आन्दोलन भनेका कारण अहिले पछुताउनु पर्ने अवस्था आएको बताइन् ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्