करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल



काठमाडौँ ।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब एक महिना लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा।मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा रहेकी मल्ल ५ जेठ देखि बिदामा बसेकी थिइन् ।

उनको एकल इजलासमा ७ वटा पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेसी तोकिएको छ । वरिष्ठताको रोलक्रम मिचेर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार