बाँके सुन चाँदी व्यवसायी दोस्रो अधिवेशन सम्पन्न



कोहलपुर,२३ पुस/  बाँकेमा रहेका सुन चाँदीका गरगहना बनाउने व्यवसायीहरुको संगठन बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको चौथौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बुद्धि विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भविन्द्र रामदाम उपाध्यक्ष महासचिव प्रदिप विक सचिव बलराम थापा कोषाध्यक्ष संजय विक सहित ११ सदस्य नयाँ कार्य समिति चयन भएको पुजन विश्वकर्माले बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोक नजिकैको चारतारे होटल सेन्ट्रल प्लाजामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

‘‘सुन चाँदीका कलात्मक पौराणिक गहना, देशकै सांकृतिक पहिचाहनका साथै रोजगारीको सम्भावना” भन्ने मुल नारा सहित आयोजना गरिएको बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको उद्घाटन नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारले गरेका थिए । उद्घाटन मन्तव्य राख्दै सुनारले गहना व्यवसायीहरुका पीडा राज्यलाई सुनाउँदा सुनाउँदै थाकी सकेको बताए ।

सुनारले भने राज्यले हामी व्यवसायीहरुलाई ग्राहकको माग अनुसार सुन उपलब्ध नगराउँदा हाम्रो व्यवसायमा पनि अस्वस्थ प्रतिषपर्धा र चोरीको सुन आउने सम्भावना रहेको बताए । उनले भने अहिले पनि बजारमा माग अनुसारको सुन आपूर्ति हुन नसक्दा व्यवसायीहरु टिक्न समेत गाह्रो भएको बताउँदै सकारले माग अनुसारको सुन व्यवसायीहरुलाई दिने व्यवस्था दिनुपर्ने माग गरे ।

कार्यक्रमका अतिथि पूर्व सिंचाइँ राज्य मन्त्री दल बहादुर सुनारले अधिवेशन सफलताको शुभकामना दिदै दलितहरुले बनाएका गरगहनाहरु मन्दिर, देवी देवता, राजामहाराजा, ठुलावडा सबैलाई सौन्दर्य बनाउन लगाउन हुने तर त्यही दलितलाई अछुत मान्ने परम्परा युगौ देखि नेपालमा रहदै आएकोमा अब नेपालको कानुनमा त्यो व्यवस्था खारेज भईसकेको बताउँदै त्यसलाई अझै व्यवहारमा लागु गर्न बाँकी रहेको बताए ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक) ले नेपाली समाजलाई सबै भन्दा पहिले सौन्दर्यका गहना बनाउने दलित जातीनै भएको बताउँदै यस्तो गहना त्यो पनि बहुमुल्य धातु सुन चाँदीका गहना बनाउने मानिसहरु अछुत होइन सम्मानित मानिस हो भन्ने बुझाई सबैमा आउनु आवश्यक रहेको बताए । अब यो पेशालाई उद्योगको रुपमा विकास गर्न र सम्मानित तथा आधुनिक बनाउन आवश्यक रहेको सुझाव दिए ।

त्यस्तै संघको चौथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सफलताको शुभकामना दिनेहरु बाँके क्षेत्र नं १ प्रदेश सभा ‘ख’ का सदस्य आरती पौडेल, नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्री उपाअध्यक्ष अर्जुन ,साइली नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य , कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी , उद्योग वाणिज्य संघ ५ नं. प्रदेशबाट केन्द्रीय सदस्य नरेन्द्र शर्मा पौडेल , दलित महिला अधिकार कर्मी एवं पत्रकार सरु सुनार लगायत रहेका थिए ।
अधिवेशनको सभापतित्व संघका अध्यक्ष बालकृष्ण बि.क.ले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष बुद्धि बहादुर बि.क.ले गरेका थिए । कार्यक्रमको सञ्चालन कमल बि.क. निर्मोहीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २३ गते आइतबार