काठमाडौँ ।
नेपाललाई पराजित गर्दै दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश साफ वुमेन्स च्याम्पियनसिप २०२६ काे फाइनलमा प्रवेश गरेकाे छ ।पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाललाई २–१ गाेलले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।
नेपालले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा सेमिफाइनलबाटै बाहिरिएको हो । बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो । नेपाल र बंगलादेशबीचकाे पहिलो हाफ १–१ को बराबरीमा सकिएकाे थियाे ।
नेपालले खेलकाे २३औँ मिनेटमा गीता रानाको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । दोस्रो हाफको इन्ज्युरी समयमा रितु पोर्ना चक्माले बंगलादेशका लागि बराबरी गोल फर्काइन् ।
खेलको इन्जुरी समयमा सागोरिकाको गोलमार्फत बंगलादेशले २–१ को अग्रता लियाे । त्यसपछि दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्