यानबी साहु : कोहलपुर, २१ पुस/ कोहलपुर नगरपालिका–५ सशस्त्र प्रहरी बल त्रिपुरा गणको दक्षिणपूर्वमा रहेको एक घरमा आगलागी हुँदा घर सहित सबै सामान जलेर नष्ट भएको छ ।
शुक्रबार साँझ साढे सात बेजेतिर ग्यासको बोटल पट्कीएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको नगद ४५ हजार समेत जलेर नष्ट भएको छ ।
घरमा आगलागी हुँदा एक जना महिला बाहेक अरु सहयोगी कोही नभएकोले समयमा दमकल आई नपुग्दा घर र घरमा रहेको सबै सामान पूर्ण रुपमा नष्ट भएको पीडित महिलाले बताएकी छन् । घर जलेर नष्ट भइसकेपछि दमकल पुगेको थियो ।
खरको छाना भएकाले एकैछिनमा पूर्ण रुपमा घर जलेर नष्ट भएको र क्षेतीको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ पुस २१ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्