कोहलपुर ।
रेडियो मिसन ९०.६ मेगाहर्ज कोहलपुरका स्टेशन म्यानेजर बैकुण्ठ अधिकारीलाई अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले सम्मान गरेको छ। शुक्रबार सहकारीको तेस्रो एकिकरण दिवसमा सञ्चार क्षेत्रमार्फत सहकारी सम्बन्धी समुदायमा सूचना तथा जनचेतनामूलक कार्यक्रम प्रवाह गर्दै सामाजिक योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।
अधिकारीलाई सहकारीका मुख्य प्रबन्धक हरिस केसीले सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले सञ्चार माध्यमले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै रेडियो मिसनले स्थानीय तहका आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएको बताए ।
सम्मानित भएपछि अधिकारीले प्राप्त सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा पनि सत्य, तथ्य र जनमुखी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्