कोहलपुर,२० पुस/ भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जले सवारी चालक अनुमतिपत्र वितरणका निम्ति यही पुस २५ गतेदेखि फाराम वितरण खुला गर्ने भएको छ ।
फाराम भर्न अनलाई सेवा समेत उपलब्ध हुने यातायात व्यवस्था कार्यालयले सूचना जारी गरेको छ । फाराम भर्न यातायात व्यवस्था विभागको वेभसाइट dotm.gov.np रहेको छ ।
लामो समयदेखि सवारी चालक अनुमतिपत्र दिने काम बन्द गरिएपछि अनुमतिपत्र लिन चाहने सवारी चालकहरु मर्कामा परेका थिए । यस पटक भेरी अञ्चल यातायात व्यवस्था कार्यालयले मोटरसाईकल, स्कुटी, जिपकार, डेलिभरी भ्यान आदिको अनुमतिपत्र वितरणको लागि फाराम खुला गर्ने जनाएको छ ।
अनलाईन फाराम भरी दर्ता नम्बर लिएर आएका सेवाग्राहीहरुको मात्र दर्खास्त दर्ता गर्ने गरी यहि पुस २५ गतेदेखि ४ दिनको समय तोकिएको यातायात व्यवस्था विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्