नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा



ललितपुर ।

कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गरेर उनले व्यक्तिगत, पारिवारिक तथा शारीरिक कारण देखाउँदै जिम्मेवारी पूरा गर्न असमर्थ रहेको उल्लेख गर्दै राजीनामा पेश गरेका हुन्।

विसं २०८० असोज १३ मा उनी अध्यक्ष पदमा नियुक्त भएका थिए ।  राजीनामा पत्रमा उनले संघका अन्य गतिविधिहरूमा भने आफू सँधै सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन्।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार