सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ



काठमाडौं ।

सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो ।

सरकारले काठमाडाैंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् ।

परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार