जुनियर एथलेटिक्समा मध्यपश्चिमाञ्चललाई १३ स्वर्ण प्राप्त



मिसन सामाचारदाता कोहलपुर, १५ पुस / बाँकेको सीतापुरमा सम्पन्न दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता मध्यपश्चिमले १३ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । सुदूरपश्चिमाञ्चले३,पश्चिमाञ्चलले ३ मध्यमाञ्चलले ५ स्वर्ण पदक प्राप्त, गर्न सफल भएका छन् भने पूर्वाञ्चलले कुनै विधामा पनि स्वर्ण प्राप्त गर्न सकेन ।
शुक्रवार भएको विभिन्न विधाका ७ खेलमा महिला जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले स्वर्ण पदक हात पारिन् । उनले २८ दशमलव ५५ मिटर दुरी थ्रो गर्न सफल भइन् । उक्त खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरी द्वितिय भइन् । भने पश्चिमाञ्चलकी सुमित्रा थापा तृतीय भइन् ।
त्यस्तै पुरुषतर्फको ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलका नरेश बुढा प्रथम भए । उनले उक्त दुरी १६ मिनेट ३९ सेकेन्ड ०२ पल्समा पूरा गरे । उनीसँगै प्रतिष्पर्धा गरेका सुदूरपश्चिमाञ्चलका सुनिल सुनारले १६ मिनेट ४२ सेकेन्डमा दुरी पूरा गरि द्वितिय र सुदुरपश्चिमाञ्चलकै विवेक सुनारले १७ मिनेट १२ सेकेन्ड १४ पल्समा दुरी पूरा गरी तृतीय भए ।
महिलातर्फको ५ हजार मिटर दौडमा मध्यमाञ्चलकी राममाया बुढा प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकै चन्द्रा घर्ती द्वितीय र सुदुरपश्चिमाञ्चलकी रेखा चन्द
तृतीय भइन् । प्रथम भएकी बुढाले २० मिनेट ४४ सेकेन्ड ९ पल्समा दुरी पूरा गर्दा द्वितीय भएकी घर्तीले २१ मिनेट ५९ सेकेन्ड ७ पल्समा दुरी पूरा गर्न सफल भइन् ।
त्यसैगरी पुरुष त्रिपलजम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी द्वितिय र पश्चिमाञ्चलका प्रकाश थापा तृतिय भए । महिला त्रिपल जम्पतर्फ मध्यपश्चिमाञ्चलकी पूजा चौधरी प्रथम, मध्यमाञ्चलकी सन्जिया खातुन द्वितीय र मध्यमाञ्चलकै अनुषा राउत तृतीय भइन् । पुरुष ज्याभलिनथ्रोतर्फको खेलमा सुदूरपश्चिमाञ्चलका रमेश पोख्रेल प्रथम, पूर्वाञ्चलका सन्तराम माझी द्वितिय र पश्चिमाञ्चलका आदर्श शाही तृतीय भए ।
महिला ४ह१०० मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम, पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ द्वितीय र मध्यमाञ्चलकी रञ्जिता
गुरौ थारु तृतीय भइन् । पुरुष
४ह१०० रिल डौडमा मध्यमाञ्चलका आषिश खत्री प्रथम, मध्यपश्चिमाञ्चलका राकेश थारु द्वितीय र पश्चिमाञ्चलका पूर्ण बहादुर आले तेस्रो भए । प्रतियोगितामा महिलातर्फ मध्यपश्चिमाञ्चकी जयरानी थारु र मध्यमाञ्चलका
भुवन महतो बेष्ट प्लेयर घोषणा भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार