साना किसान सहकारीको सातौ साधारण सभा सम्पन्न



मिसन सामाचारदाता कोहलपुर, १४ पुस / रझेना साना किसान कृषि सहकारी संस्थाको ७ औ वार्षिक साभारण सभा विहिबार कोहलपुरमा सम्पन्न भएको छ । सभाको कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले उद्घाटन गरेकी हुन् । सभामा बोल्दै प्रमुख अतिथि चौधरीले कोहलपुर नगरपालिका भित्र रहेका सहकारीहरु नगरपालिकाको मातहतमा चल्ने बताइन । त्यस्तै कोहलपुर नगरपालिका—६ का वडा सदस्य खडक बहादुर शाहीले नगरपालिकाले बाटोघाटो मात्र नभएर सहकारीको विकासका निम्ति काम गर्नु पर्ने बताए । सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीहरु नीति , विधि र प्रविधिमा चल्नुपर्ने बताए ।
त्यस्तै केन्दीय सहकारी संघका केन्द्रीय सदस्य देव बहादुर के.सी.ले रवि र कवि नपुगेको ठाउँमा सहकारी पुगेकोले सहकारी विना विकास सम्भव नहुने बताए । सभामा सस्थाकी उपाध्यक्ष सुनिता तिवारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा जेष्ठ शेयर सदस्य लक्ष्मी थापा,सेतु शाही,दुखनी थारु, उत्कृष्ट शेयर खरिद गर्ने सुन्दरकली थारु, उत्कृष्ट बाल बचत गर्ने रुबे थारु लाई सम्मान पत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ६ का वडा सदस्य पुष्पा मल्ल, जिल्ला साना किसान कृषि सहकारी संस्थाकी जिल्ला अध्यक्ष एकता शाह साना किसान कृषि सहकारी संस्था देव बहादुर वली , भेरी सित भन्डार सहकारी संस्थाका अध्यक्ष डोलराज अर्याल, साना किसान कृषि सहकारी संस्था बनकटुवाकी अध्यक्ष पुतली हमाल , साना किसान कृषि सहकारी संस्था टिटिहिरियाकी अध्यक्ष निर्मला रोकाय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सस्थाकी उपाध्यक्ष सुनिता तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाका प्रबन्धक विमल शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १४ गते शुक्रबार