माध्यामिक तहका शिक्षकहरुका लागि तालिम सम्पन्न



मिसन समाचारदाता ११ पुस  “हाम्रो आवाज चेलिबेटि बेचविखनबाट मुक्त समाज” भन्ने मुल नारा का साथ नेपालगञ्जमा मानव वेचविखन विरुद्ध माध्यामिक तहका शिक्षकहरुका लागि दुई दिवसिय तालिम सम्पन्न भएको छ ।
माइती नेपाल नेपालगञ्जको आयोजनामा १६ माध्यामिक तहका २६ जना विद्यालयका प्रधानध्यापक र समाजिक शिक्षाका विषय शिक्षकहरुलाई उक्त तालिम
दिइएको थियो ।
तालिममा सहभागिहरुले मानव वेचन विखनका कारण, दलालले अपनाउने तौरतरिका, मानव वेचविखनका हुने स्थान तथा वेचविखनका प्रयोजनका बारेमा तालिम प्रदान गरिएको थियो । कार्यक्रमका बारेमा जनाकरी दिदै माइती नेपाल नेपालञ्जका प्रमुख केशव कोइरालाले विगतमा जसरी यस पटक पनि विद्यालयका प्रधानध्यापक र सामाजिक शिक्षकहरुलाई मावन बेचविखनका विरुद्धमा जनकारी गराएको यस
बाट विद्यालयका विद्यार्थीहरुलाई सरल रुपमा बुझाउन सकिने
बताए । कार्यक्रममा उपस्थित सहभागी शिक्षकहरुले आगामी दिनहरुमा आफुले गर्ने सामुहिक र व्यक्तिगत रुपमा विभिन्न कार्ययोजनाहरु बनाएको प्रमुख कोइरालाले जनाकरी दिए ।
नेपालगञ्ज उपमहानगरपालिका मनिकापुर –२० का युवाहरु अव मावन वेचविखन विरुद्ध लाग्ने भएका छन । सोमबार माइती नेपाल नेपालगञ्ज र माइती नेपाल युवा संजाल बाँकेको आयोजनामा मानव वेचविखन विरुद्ध युवाहरुद्धारा युवाहरुलाई भन्ने कार्यक्रम अन्तर्गत मनिकारपुरका करिव ४५ युवाहरुलाई मानव वेच विखनको विरुद्ध दिएका अभिमुखिकरण कार्यक्रममा उक्त
कुरा सहभागी युवाहरुले बताएका
हुन् । माइती नेपाल युवा संजाल बाकेका संयोजक मेघा बहादुर
खत्री, संजालका कोषाध्यक्ष पुष्पा सुनार तथा नेपाल पर्यटन पत्रकार
संघ बाँकेका सचिव र माइती नेपाल युवा संजालका पे्रस सल्लाकार
मधु पौडेलले सहजीकरण गरेका
थिए ।
कार्यक्रममा सहभागी युवाहरुलाई मानव बेचविखन हुने कारणहरु ,स्थानहरु , दलालले अपनाउने तौरतरीका र वेचविखनका प्रयोजनका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागी सरस्वती भुसालले मानव वेचविखन हुनुको मुख्य कारण लोभ लाभ भएको जानकारी गराइन् ।
यसै गरी एक अर्का सहभागी ओम प्रकाश सरोज (चमार)ले युवाहरुको भूमिका निकै रहेको
बताए । माइती नेपाल को मातहतमा रही माइती नेपाल युवा संजाले मानव वेचविखन विरुद्धमा विभिन्न क्रियाकलाप गर्दै आएको संजालकी कोषाध्यक्ष सुनारले बताइन् ।
वालविवाहले निम्ताउने समस्याका बारेमा नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा सोमबार एक कार्यक्रम सम्पन्न
भएको छ । जिल्ला बाल कल्याण समिति बाँकेको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वालविवाहबाट पर्न सक्ने असरका बारेमा अभिमुकरण गरिएको थियो । करिव ४५ बढी युवा तथा उमेर पुगेका महिलाहरुको उपस्थितमा उक्त कार्यक्रम गरीएको थियो ।
कार्यक्रममा उपस्थित युवा तथा उमेर पुगेका महिला सहभागीहरु बालविवाहले महिलाको पाठेघरमा हुने क्यान्सर , सम्वन्ध विच्छेद हुने र महिलाहरुलाई हुने आङ खस्ने समस्या हुन सक्ने बताएका थिए । कार्यक्रममा सहभागी स्थानीय स्वमसेवीका
अक्तर जहा दर्जीले मानिकापुरमा आङ खस्ने महिलाको समस्या डर लाग्दो रहेको जानकारी गराए । कार्यक्रमको सहजीकरण माइती
नेपाल युवा संजालकी कोषोध्यक्ष
पुष्पा सुनार र नेपाल पर्यटन पत्रकार संघ बाँके सचिव मधु पौडेल गरेकि थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार