रावन बिश्वकर्मा / बाँसगढी, ११ पुस, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पुरक अनुदान प्राप्त मसला प्रशोधन तथा बजारिकरण उपआयोजना बाँसगढीको चौथो तथा अन्तिम सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ । तेस्रो सार्वजनिक सुनुवाई देखि हाल सम्म मेशिन खरिद तथा भौतिक निर्माणको लागि रु २ लाख ६६ हजार रकम खर्च भएको उपआयोजनाका प्रबन्धक तथा क्षितिज मसाला उद्योग बाँसगढीका सञ्चालक होमनाथ अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार जसमा १ लाख ३८ हजार पुरक अनुदान र बाँकी आवेदक संस्थाले खर्च गरेको उल्लेख छ । २०७३ फागुन ४ गते देखि सञ्चालन भएको उपआयोजना सञ्चालको लागि रु करोड ४ लाख ९७ हजार कुल बजेट रहेकोमा रु १ करोड १२ लाख खर्च भएको छ । रु ५६ लाख २२ हजार पुरक अनुदान सहयोग रहेकोमा रु १ लाख ९० हजार विविध कारणले खर्च गर्न नसकिएको जनाईएको छ । जसमा उपआयोजना सञ्चालन गरेको क्षितिज मसाल उद्योग बाँसगढीले रु ५७ लाख ६८ हजार खर्च गरेको उपआयोजनाका प्रबन्धक तथा क्षितिज मसाला उद्योगका सञ्चालक होमनाथ अधिकारीले बताए । पुरक अनुदान रकमबाट मसाल पशोेधन तथा बजारिकरणको लागि क्षितिज मसाला उद्योगमा मसला पिस्ने मेशिन पल्भलाईजर २ थान, मसला प्याकेजिक मेशिन सानो र ठुलो १÷१ थान, सिफ्टर र मिक्सर मेशिन १÷१ थान, ग्रेडिङ मेशिन १ थान, डिजिटल तराजु १ थान सोलार ड्राईयर १ सेट र बेसार कटर मेशिन १ थान खरिद, उद्योग सञ्चालनको लागि भवन निर्माण, कृषकहरुलाई कृषि सामाग्री, बिउबिजन बितरण लगायतको कार्य गरिएको छ ।
उपआयोजनाका प्रबन्धक तथा क्षितिज मसला उद्योग बाँसगढीका सञ्चालक होमनाथ अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा माउन्ट डिजिटका अनुगमन तथा मुल्याकंन अधिकृत रचना ढकाल, कृषि शाखा कार्यालय बाँसगढीका बालि विकास अधिकृत मिरा चौधरी, सामाजिक विकास मञ्चका सामाजिक परिचालक हरिप्रसाद चौधरी, कृषक समुहको सहभागिता रहेको थियो । उपआयोजनका सल्लाहाकार बिपिन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सल्लाहाकार बिरबहादुर हमालले गरेका थिए ।
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्