आठौ पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव समापन



नेपालको शिक्षा नीतिमा समय अनुकुल परिवर्तन आवश्यक ः उपकुलपति

कोहलपुर मिसन समाचारदाता पुस ०६/ नेपालगञ्जमा सञ्चालित “आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव –२०७४” बुधबार औपचारिकरुपमा समापन गरिएको  छ । समापन समारोहमा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति उपेन्द्र कुमार कोइरालाले बदलिएको समय अनुकुल नेपालको शिक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् । समयानुकुल परिवर्तन नभएमा त्यही शिक्षा नीतिले राष्ट्रलाई अघि बढ्नबाट रोक्ने उपकुलपति कोइरालाको तर्क छ ।
मंसिर २८ गतेदेदि नेपालगञ्जमा सञ्चालन भएको आठौं राष्ट्रिय पुसतक प्रर्दशनी तथा शैक्षिक महोत्सव—२०७४ को समापन समारोहमा बोल्दै उपकुलपति कोइरालाले यस्तो बताएका हुन् ।
समाजलाई सही मार्गमा डो¥याउने शिक्षा नीतिहरु सरोकारावाला निकायका तर्फबाट समायानुकुल बनाउँदै लैजान पहल हुनुपर्छ उपकुलपति कोइरालाले तर्क छ । कोइरालाले समाजमा शिक्षाको जागरण फैलिएकाले शिक्षा नीति परिवर्तन गर्न सरोकारावाला निकाय पनि गम्भीर बन्नेमा आफु बिश्वस्त भएको उल्लेख गरे । यस क्षेत्रमै पहिलो पटक शैक्षिक महोत्सव आयोजना गरेर आयोजकले शिक्षा क्षेत्रमा जागरण ल्याउने काम गरेको भन्दै उनले प्रशंसा समेत गरे ।
सोही समारोहमा बोल्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय महासचिव नवनीधि पन्तले राज्यले पाठ्यपुसतक उत्पादन तथा बिक्री बितरणमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको भन्दै असन्तोष पोखे । उनले भने,—अस्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्री बितरण र डुवानीमा समस्या नै समस्या झेल्नुपरेको छ । महासचिव पन्तले साझा प्रकाशनको मुल्यमै नीजि क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह समेत गरे ।
बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । उनले शिक्षाले मात्र देश परिवर्तन गर्ने पनि बताए । नेपालगञ्ज उदोग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नीजि क्षेत्रमा गरिने मेला, महोत्सवले जागरणका साथै व्यवसाय प्रर्वधद्धनमा प्रभावकारी भूमिका खेल्ने बताए ।
सो अवसरमा राजनीतिक दलका तर्फबाट बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले महोत्सवहरुलाई शैक्षिक जागरणको माध्यमका रुपमा प्रयोग गरेकोमा धन्यबाद दिए । नेपालगञ्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बांकेका अध्यक्ष राजेशकेशर खनाल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी बजार प्रतिनिधि संघका अध्यक्ष हरिकृष्ण भट्राईले पढ्न संस्कृतिको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
समारोहको अध्यक्षता महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बुद्धि प्रशाद अधिकारीले गरेका थिए । सो अवसरमा मुख्य प्रायोजक, प्रायोजक, सह—प्रायोजक, विभिन्न प्रतियोगितामा विजयी भएका विद्यार्थीहरु, महोत्सव सञ्चालनमा योगदान पु¥याएका महानुभावहरुलाई सम्मान गरिएको थियो । ७ दिनसम्म सन्चालन भएको महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि भएको अनुभूति गरिएको आयोजकले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ६ गते बिहीबार